काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुन जस्तो धातुसहित १ जनालाई पक्राउ गरेको छ ।
अवैध रूपमा संकलन गरी लैजान लागेको करीब २४ ग्राम ९९० मिलिग्राम सुन जस्तो धातुको सिक्री १ थान, ल्यापटप ३ थान र मोबाइल २ थानसहित बाग्लुङको निसीखोला गाउँपालिका–९ घर भएकी २८ वर्षीया सुनिता घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
बाह्य मुलुकबाट काठमाण्डु आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको धातुको सिक्री, ल्यापटप र मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट फेला पारी प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।




प्रतिक्रिया