मोरङ – क्यानाडा पठाइदिने प्रलोभनमा ठगी गरेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतको अररिया जोगवनी ग्राम पञ्चायत–३ बस्ने २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ बस्ने २२ वर्षीय रोहित कुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, विराटनगर महानगरपालिका–८ बस्ने २३ वर्षीय करण भन्ने अमित राय र पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २५ वर्षीय बोधराज राजवंशी रहेका छन् ।
उनीहरूले २ जना पीडितहरूलाई क्यानाडा पठाइदिन्छु भनी विभिन्न विदेशी मोबाइल नम्बरहरूबाट खोलिएको ह्वाट्स् एपबाट कल गरी भिसा प्रयोजनका लागि आवश्यक कागजातहरू समेत पठाई प्रलोभनमा पारी विभिन्न बैंक खातामा पटक–पटक गरी ६६ लाख ६७ जार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।
उनीहरूउपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई ठगी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया