प्रहरीको रिक्त ७५ डीएसपीमा बढुवा हुन ७९ इन्स्पेक्टर प्रतिष्पर्धामा

प्रहरीको रिक्त ७५ डीएसपीमा बढुवा हुन ७९ इन्स्पेक्टर प्रतिष्पर्धामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रबार मध्यराति नेपाल प्रहरीका ३७ नायव उपरीक्षक (डिएसपी)हरूलाई उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । ३७ डिएसपी एसपीमा बढुवा सिफारिस भएपछि डिएसपीको रिक्त पद संख्या ७५ पुगेको छ । ३८ पद पहिला नै रिक्त रहेको र ३७ थपिएपछि रिक्त पद संख्या ७५ पुगेको हो ।

ठूलो संख्यामा डिएसपी पद रिक्त भएपछि प्रहरी प्रधान कार्यालयले बढुवाको तयारी थालेको छ । बढुवा तयारी भएपछि डिएसपीमा बढुवा हुनका लागि प्रहरी निरीक्षकहरू (इन्स्पक्टर) शक्तिकेन्द्र धाउन थालेका छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बढुवा सिफारिस भएकाहरूले फुली लगाएपछि डिएसपीमा बढुवा सिफारिस गर्न आन्तरिक तयारी भइरहेको छ । प्रहरीमा बढुवा सिफारिस भएको सातापछि फुली लगाइदिने प्रचलन छ ।

डिएसपीबाट एसपीमा बढुवा सिफारिस भएको शुक्रबार मध्यरातमा एक साता पुग्छ । अर्कोदिन शनिबार भएकाले आइतबार इन्स्पेक्टरबाट डिएसपी बढुवाको तयारीमा प्रहरी प्रधान कार्यालय लागिरहेको स्रोतले बतायो ।

रिक्त ७५ डिएसपीमा बढुवा हुन २०७० मा भर्ना भएका ७९ इन्स्पेक्टर प्रतिष्पर्धामा छन् । त्यो लटमा १४४ जना इन्स्पेक्टरमा भर्ना भएका थिए । ती मध्य ४६ जना २०८० जेठ २२ गते इन्स्पेक्टरमा बढुवा भइसकेका छन् ।

त्यही लटबाट दोस्रो पटक २०८० चैत २२ गते १९ जना डिएसपीमा बढुवा भएका थिए । अझै एकै लटमा भर्ना भएका ७९ जना इन्स्पेक्टर रहेकाले तीनै मध्यबाट ७५ जना डिएसपीमा बढुवा गर्ने तयारी छ । आफ्नो लटको तेस्रोे पालोमा पनि ४ जना छुट्ने भएकाले आफ्नो बढुवा सुरक्षित गर्न इन्स्पेक्टरहरू शक्तिकेन्द्रमा पुगेर लबिङ गरिरहेका छन् ।

इन्सपेक्टरबाट डीएसपी बढुवाका लागि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको अध्यक्षतामा गृह मन्त्रालयका सहसचिव सदस्य, प्रहरी महानिरीक्षकले तोकेको एआईजीपी वा डीआईजीपी सदस्य सचिव रहने व्यवस्था छ ।