काठमाण्डु- अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान दुर्घटना हुँदा हालसम्म १८ जनाको शव फेला परेको छ । उक्त विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरी अधिकारीहरूले अहिलेसम्म घटनास्थलबाट १८ जनाको शव निकालेको जनाएको छ । खोजी टोलीले अहिलेसम्म घटनास्थलबाट कोही पनि जीवित फेला पार्न सकेको छैन ।
अमेरिकन एयरलाइन्सले विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य रहेको बताएको थियो ।
यात्रुवाहक विमान कन्सास सिटीबाट राजधानीतर्फ जाँदै गर्दा हेलिकप्टरसँग ठोक्किएर पोटोमाक नदीमा खसेको छ । विमान अवतरण गर्ने क्रममा आकस्मिक दुर्घटना भएको हो ।
विमानस्थल नजिकैको ठक्करपछि सबै उडान र अवतरण रोकिएका छन् । विमान र हेलिकप्टरका भग्नावशेष नदीमा खसेका छन् ।




प्रतिक्रिया