काठमाण्डु – आपराधिक उपद्रव गर्न नहुने कसुरमा पक्राृउ परेकी आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश सन्तोष प्रसाद पराजुलीले तामाङलाई २० हजार धरौटी लिएर मा छाड्ने आदेश गरेका हुन् ।
साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्ने गरेकोमा तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् ।
त्यही विषयमा सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि अनुसन्धान गरेर प्रहरीले प्रतिवेदन बुझाएको थियो ।




प्रतिक्रिया