काठमाण्डु- पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो प्रि–क्वार्टरफाइनल खेलमा बिहीबार चर्च ब्वाइज युनाइटेड क्लब र एनआरटी क्लब भिड्दैछन् ।
पोखरा रंगशालामा हुने खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।
आहा राराको प्रिक्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडको दोस्रो रोजाइका खेलाडी मैदान उत्रनेछन् । पहिलो रोजाइका खेलाडी सम्मिलित चर्चब्वाइज धरानमा जारी बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ ।
बुढासुब्बा गोल्डकपको साविक विजेता समेत रहेको एनआरटीले बिहीबार नै दोस्रो सेमिफाइनलमा युकेएफसी भारतविरुद्ध खेल्दैछ ।




प्रतिक्रिया