काठमाण्डु- काठमाडौँको कमलपोखरीस्थित एक मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको छ ।
सिलिण्डर विस्फोट हुँदा पसलमा काम गर्ने ११ जना घाइते भएका हुन् । बिहबार बिहान केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको काठमाडौंका वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए ।
उनका अनुसार घाइतेहरूलाई उपचारका लागि पहिला हिमाल अस्पताल हुँदै अहिले कीर्तिपुर बर्न अस्पतालमा लगिएको छ ।
घाइते मध्य उदयपुर घर भएका २४ वर्षीय संजोग मगरको अवस्था गम्भीर भएकोले हिमाल अस्पतालको एम्बुलेन्सबाट कीर्तिपुर बर्न सेन्टर पठाइएको छ ।




प्रतिक्रिया