केबलकारविरुद्धको प्रदर्शनमा पक्राउ परेका १७ जना रिहा

केबलकारविरुद्धको प्रदर्शनमा पक्राउ परेका १७ जना रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका १७ जनालाई प्रहरीले रिहा गरेको छ ।
माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनका क्रममा १७ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रिहा गरिएको हो ।

ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले महिचानबादी मोर्चाका जिल्ला संयोजक प्रदीप मादेनलाई १० हजार धरौटीमा रिहा गरेको छ । सिदिङ्वा गाउँपालिका–५ घर भएका लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बु जनही ५ हजार धरौटी बुझाएर छुटेका छन् । झापाको दमकबाट पक्राउ परेका ८ जना साधारण तारेखमा छुटेका छन् ।