इंग्ल्यान्डविरुद्ध पहिलो एक दिवसीयमा भारत विजयी

इंग्ल्यान्डविरुद्ध पहिलो एक दिवसीयमा भारत विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इंग्ल्यान्डविरुद्ध पहिलो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । नागपुरमा गएराति भएको खेलमा भारत ४ विकेटले विजयी भएको हो। जीतका लागि २४९ रनको लक्ष्य पछ्याएको भारतले ३८ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

भारतका शुभमन गिल, अक्षर पटेल र श्रेयस अय्यरले अर्धशतक बनाए । गिलले सर्वाधिक ८७ रन जोडे । इंग्ल्यान्डका सकिब मोहम्मद र आदिल राशिदले समान २ तथा जोफ्रा आर्चर र जोकेब बेथहेलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड ४७ ओभर ४ बलमा २४८ रनमा अलआउट भएको थियो । उसका कप्तान जस बटलरले सर्वाधिक ५२ रन जोडे ।

भारतका हर्षित राणा र रविन्द्र जडेजाले समान ३ तथा कुलदिप यादव, मोहम्मद सामी र अक्षर पटेलले समान एक विकेट लिए । जीतसँगै भारतले तीन खेलको शङ्खलामा १–० को अग्रता बनाएको छ ।

दुई देशबीचको दोस्रो खेल आइतवार र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ । यसअघि भएको पाँच खेलको टी–२० शङ्खला पनि भारतले ४–१ ले जितेको थियो ।