दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- झापाबाट काठमाडौंतर्फ आइरहेको निजी सवारीसाधन दुर्घटना भएको छ ।

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ मा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच घाइते भएका छन् । साथै घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा गाडी चालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो ।

यस्तै मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीया देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।
इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका–१ का २७ वर्षीय किस्कु मण्डल घाइते भएका हुन् ।