आहारारा पोखरा गोल्डकप : संकटा र भारतको थण्डरबोल्ट खेल्दै

आहारारा पोखरा गोल्डकप : संकटा र भारतको थण्डरबोल्ट खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- २४औं आहारारा पोखरा गोल्डकपको अन्तिम प्रिक्वाटरफाइनलमा शुक्रबार पूर्व विजेता संकटा एफसीले भारतको थण्डरबोल्ट युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालमा दिउँसो २ः३० बजे सुरु हुनेछ ।

सिक्किमको थण्डरबोल्ट पहिलो पटक आहारारा पोखरा गोल्डकप खेल्न पोखरा आएको हो । संकटाले केही दिनअघि काठमाडौंमा भएको प्रथम सभापति कप फुटबलको उपाधि जितेको थियो ।

गोलकिपर कप्तान दिप कार्कीको कप्तानीमा रहेको संकटामा दिपसहित अनुभवी खेलाडी र युवा खेलाडीहरुको मिश्रण छ भने विदेशी खेलाडीहरु पनि छन् । संबटाले २०७७ र २०९९ सालमा आहारारा पोखरा गोल्डकपको उपाधि जितको थियो ।

संकटा र थण्डबोल्ट युनाइटेडको खेलपछि प्रि क्वाटरफाइनलका खेलहरू सकिने छन् र क्वाटरफाइनल समीकरण तय हुनेछ । यस खेलको विजेताले अन्तिम क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।