काठमाण्डु – नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सभामा पार्टीका तर्फबाट प्रमुख सचेतक र सचेतक दुबैमा महिलालाई मनोनयन गरेको छ ।
कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रमुख सचेतक र सचेतक दुबैमा महिलालाई मनोनयन गरेका हुन् ।
दलका नेता चौधरीले रुपन्देहीकी जमुना ढकाल र सचेतकमा प्यूठानकी धनलक्ष्मी श्रेष्ठ मनोनित गरेका हुन् ।
यो निर्णय सम्भवत नेपालको राजनीतिक इतिहासमा पहिलो हो । यसअघि नेपालमा पार्टीहरूले प्रम्ुख सचेतक महिला भए सचेतक पुरुष, प्रमुख सचेतक पुरुष भए सचेतक महिला बनाउँदै आएका थिए ।
यसअघि लुम्बिनीमा कांग्रेसले प्रमुख सचेतकमा बर्दियाका जन्मजय तिमिल्सिना र सचेतकमा प्यूठानकै निमा गिरीलाई बनाएको थियो । तिमिल्सिना अहिले प्रदेश मन्त्री छन् भने गिरीले सचेतक पदबाट राजीनामा दिएकी थिइन् ।




प्रतिक्रिया