त्रिदेशीय महिला टी–२०आई शृंखलाको उपाधि थाइल्याण्डलाई

त्रिदेशीय महिला टी–२०आई शृंखलाको उपाधि थाइल्याण्डलाई

अन्तिम खेलमा ७ विकेटले पराजित भएपछि नेपाल जितविहीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलाको उपाधि थाइल्याण्डले जितेको छ । शुक्रबार भएको अन्तिम खेलमा थाइल्याण्डसँग ७ विकेटले पराजित भएपछि नेपाल यो श्रृङखलामा जितवीहिन भएको छ ।

नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै उपाधि कब्जा गरेको हो । थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् । त्यस्तै नानपत कोन्चारोन्काइले २३ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दु बर्माले ४ ओभरमा १६ रन दिएर २ विकेट लिइन् भने पुजा महतोले १ विकेट लिइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो ।