सेनाले प्रधानसेनापति खुला म्याराथन २०८१ आयोजना गर्ने

सेनाले प्रधानसेनापति खुला म्याराथन २०८१ आयोजना गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले प्रधानसेनापति खुला म्याराथन २०८१ आयोजना गर्ने भएको छ ।

शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले २६२औं सेना दिवसको अवसरमा फागुन १० गते प्रधानसेनापति खुला म्याराथन २०८१ आयोजना गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख सेनानी नरेश केसीले ४२.१९५ किलोमिटर पुरुष खुला म्याराथन र हाफ म्याराथन २१ किलोमिटर महिला र पुरुष दुवैको लागि खुला रहेको जानकारी दिए ।

उनले १० किलोमिटरको म्याराथनमा नेपाली सेनाका सैनिक अधिकृतहरू महिला र पुरुष दुवै सहभागी हुनसक्ने बताए । १० किलोमिटरको म्याराथन नेपाली सेनाका विभिन्न तहमा कार्यरत कर्मचारी र काठमाण्डु उपत्यकाका अवकाशप्राप्त सकलदर्जाका १२ कक्षासम्म पढ्ने छोराछोरीले पनि भाग लिन पाउने उनले बताए ।

उनले ५ किलोमिटर वाकाथन प्रमुख अतिथि र आमन्त्रित व्यक्तिहरूका लागि राखिएको उनले बताए । उनले ५ किलोमिटर सैनिक महाविद्यालय र विद्यालयमा अध्ययनरत छात्रछात्राहरूले सहभागिता जनाउन पाउने भएका छन् ।

प्रधानसेनापति खुला म्याराथन २०८१ मा करीब ३ हजार जनाको सहभागिता हुने अपेक्षा रहेको उनले बताए ।

प्रधानसेनापति खुला म्याराथन २०८१ प्रथम हुनेले ३ लाख रुपैयाँ राशिको पुरस्कार पाउनेछन् । द्वितीयलाई २ लाख रुपैयाँ, तृतीय हुनेलाई १ लाख रुपैयाँ, चौथो हुनेलाई ५० हजार रुपैयाँ, पाँचौंलाई ३० हजार रुपैयाँ, छैठौंलाई २५ हजार रुपैयाँ, सातौंलाई २० हजार रुपैयाँ, आठौंलाई १५ हजार रुपैयाँ, नवौंलाई १० हजार रुपैयाँ र दशौं हुनेलाई ५ हजार रुपैयाँ रहेको बताए ।

उनले २१ किलोमिटर हाफ म्याराथनमा प्रथम हुने महिला र पुरुष दुवैले ७५ हजार रुपैयाँ, द्वितीयले ५० हजार रुपैयाँ र तृतीयले ३५ हजार रुपैयाँ पाउने बताए । उनले १० किलोमिटर दौडमा प्रथम हुनेलाई १० हजार रुपैयाँ राशीको पुरस्कार रहेको बताए ।

म्याराथन तथा हाफ म्याराथन विजेताहरूलाई यामाहा कम्पनीको मोटरसाइकल तथा स्कुटर प्रदान गरिने उनले बताए । सेनाका अनुसार खुला म्याराथनमा भाग लिन निःशुल्क दर्ताको व्यवस्था गरिएको र माघ ३० गतेसम्म दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।