पोखरा गोल्डकप : पहिलो क्वाटरफाइनलमा पुलिस र ब्रिगेड ब्वाइज युके खेल्दै

पोखरा गोल्डकप : पहिलो क्वाटरफाइनलमा पुलिस र ब्रिगेड ब्वाइज युके खेल्दै


काठमाण्डु-  पोखरा गोल्डकप फुटबल प्रतियोगितामा शनिबारदेखि क्वाटरफाइनलको खेल शुरू हुँदैछ।

पहिलो क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब युकेले खेल्दैछन् । खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे शुरू हुनेछ ।

यसअघि शुक्रबार भएको अन्तिम प्रि–क्वाटरफाइनलको खेलमा दुई पटकको विजेता सङ्कटा क्लबलाई हराउँदै भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड अन्तिम आठमा पुग्यो ।

सङ्कटा थन्डरबोल्टसँग ३–१ ले पराजित भयो । योसँगै तीन वटा पूर्व विजेता टोली आयोजक सहारा क्लब, एपीएफ र सङ्कटा यस पटकको पोखरा गोल्डकपबाट बाहिरिसकेका छन् ।

थन्डरबोल्टले क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ । ब्ल्याक बुल्स शुक्रबार नेपाल आइपुगेको छ ।

२४ औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।