काठमाण्डु- रोल्पामा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । गंगादेव गाउँपालिकाको घोरनेटाकी २९ वर्षीया सीता खड्काको दुघंटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा सीताका दुई छोराहरु ३ वर्षका सौरभ र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते छन् ।
घाइते बालकहरुको स्थानीय गैरीगाउँ स्वास्थ्य चौकी तिलामा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा जिल्ला अस्पताल रेउघा पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।
बेलुका लु १ च ९४०६ नम्बरको जीप त्रिवेणी गाउँपालिका–७ गाङमा दुर्घटनामा भएको हो । जीपमा चालक, सहचालक, सीता र उनका दुई छोरा गरी पाँच जना थिए । घटनापछि चालक र सहचालक फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । सीता पेशाले शिक्षिका छिन् ।




प्रतिक्रिया