काठमाण्डु- दिल्ली विधानसभा निर्वाचनको मतगणना शनिबार बिहानदेखि सुरु भएको छ । मतगणनाको नतिजा शनिबार साँझसम्म आउने छ ।
विधानसभाका ७० सिटका लागि बिहान ८ बजेदेखि मतगणना सुरु भएको हो । दिल्ली विधानसभा निर्वाचनमा मुख्य प्रतिस्पर्धा आम आदमी पार्टी, भारतीय जनता पार्टी र भारतीय कंग्रेसबीच हुने अनुमान छ ।
धेरैजसो एक्जिट पोलले भाजपाले अग्रता लिने भविष्यवाणी गरेका छन् । सुरुवातमा पोस्टल ब्यालेट गणना भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गणनाको प्रारम्भिक रुझान पनि आउन थालेको छ ।
सुरुवाती रुझानमा भारतीय जनता पार्टी (भाजपा) र आम आदमी पार्टी (आप) बीच कडा प्रतिस्पर्धा देखिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म आएका रुझानमा आप २८ र भाजपा २७ स्थानमा अगाडि छन् । कांग्रेसले दुई स्थानमा अग्रता लिएको छ । आपका मुख्य नेता अरविन्द केजरीवाल भने नयाँ दिल्ली सिटबाट पछि छन् । अर्का ठूला नेता मनिष सिसोदिया पनि सुरुवाती गणनामा पछि परेका छन् ।
तर आम आदमी पार्टीले यो गलत साबित हुने र ५० भन्दा बढी सिट आफूले जित्ने दाबी गरेको छ । यस्तै कंग्रेस आफूले पुनरागमन गर्ने आशामा छ । सन् २०१३ को विधानसभा निर्वाचनमा अरविन्द केजरीवालको आम आदमी पार्टीले दिल्लीका ७० सिटमध्ये २८ सिट जितेको थियो भने भाजपाले ३० भन्दा बढी सिट जितेको थियो ।
२०१५ र २०२० को निर्वाचनमा पनि आम आदमी पार्टीले आफ्नै बलबुतामा बहुमत प्राप्त गरेको थियो । यसैबीच, २०१४, २०१९ र २०२४ को लोकसभा निर्वाचनमा भाजपाले दिल्लीका सबै सात लोकसभा सिट जितेको थियो ।




प्रतिक्रिया