काठमाण्डु-दिल्ली विधानसभा निर्वाचन २०२५ को प्रारम्भिक नतिजा आउन थालेको । नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) २७ वर्षपछि सत्तामा फर्किने संकेत देखिएको छ ।
निर्वाचनपछि आएका अधिकांश एक्जिट पोलहरूमा भाजपाले अग्रता लिने अनुमान गरिएको छ । बुधबार ७० सिटका लागि भएको निर्वाचनमा ६०.५४ प्रतशित मतदान भएको थियो ।
निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार भाजपा ४० सिटमा र अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) ३० सिटमा अग्रता लिइरहेका छन् । भारतीय कांग्रेस भने अहिलेसम्म कुनै पनि सिटमा अंग्रता लिएको देखिएको छैन । यसअघि १९९८ मा भाजपाले दिल्लीमा सरकार बनाएको थियो । शनिबर दिउँसोेसम्म दिल्लीमा कसको सरकार बन्छ भन्ने कुरा स्पष्ट हुनेछ ।
आपका संयोजक अरविन्द केजरीवाल नयाँ दिल्ली सिटबाट थोरै मतान्तरले अगाडि छन् ।
दिल्लीमा भाजपाका प्रवेश वर्मा उम्मेदवार छन् । आप)ले यो सिटबाट पूर्वमुख्यमन्त्री केजरीवाललाई उम्मेदवार बनाएको छ । कांग्रेसले पूर्वमुख्यमन्त्री शीला दीक्षितका छोरा सन्दीप दीक्षितलाई आफ्नो उम्मेदवार बनाएको छ ।
उता, दिल्लीको कालकाजी सिटबाट भाजपा उम्मेदवार रमेश बिधुडी अगाडि छन् । आपका आतिशी उनीभन्दा पछाडि परेकी छिन् । कांग्रेसले यहाँबाट अलका लाम्बालाई उम्मेदवार बनाएको छ ।




प्रतिक्रिया