दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित

दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित


काठमाण्डु-दिल्ली विधानसभा निर्वाचनमा दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पराजित भएका छन् ।

उनी भाजपाका प्रवेश वर्मासँग पराजित भएका हुन् । केजरीवाल वर्मासँग झन्डै चार हजार मतान्तरले पराजित भएका हुन् ।

निर्वाचन आयोगले यसबारे आधिकारिक रुपमा घोषणा भने गरेको छैन ।

यसअघि पूर्वउपमुख्यमन्त्री तथा आम आदमी पार्टीका चर्चित नेता मनीष सिसोदिया पनि पराजित भएका छन् । सिसोदिया भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् ।

दिल्लीमा ७० विधानसभा सिट छ र कुनै पनि दललाई सरकार बनाउन ३६ सिट चाहिन्छ ।