काठमाण्डु-सिक्किमकी अञ्जना नाल्बो लिम्बूले गीतकार उत्तम केसी नेपालका दुई वटा गीतमा स्वर दिएकी छिन् । सिंगिङ रियालीटी सो ‘याक्थुङ स्टार’ गायन प्रतियोगीताको उपाधी विजेता अञ्जनाले केसीका दुई गीत ‘छातीभित्र मुटु चल्छ’ र ‘विपनीमा टुंगियो माया’मा स्वर दिएकी हुन् । गायक राजेश पायल राई र शाहील लिम्बुसँगपनि केहीदिन अघि गीत रेकर्ड गरेकी उनले गीतकार केसीका एक साथ दुई गीत गाएकी हुन् ।
उत्तम केसीका गीत उनले शुक्रबार काठमाडौंको मेलोडी स्टुडियोमा रेकर्ड गराएकी हुन् । गीतमा वरिष्ठ संगीतकार अष्टलामा र पुस्कार सुनुवारको संगीत छ । अञ्जनाले केसीका शब्दले आफू प्रभावित भएर गीत गाएको बताएकी छिन् ।
केसीका ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, ‘मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’ जस्ता एक दर्जन जति गीत श्रोता÷दर्शकमाझ छन् । यस्तै ‘दोषी को’ गीत पनि श्रोता÷दर्शकमामm आउने तयारीमा छ ।
केसीले दुईसयको हाराहारीमा ठूलो पर्दा र सानो पर्दाका चलचित्रमा आफ्नो अभिनय पस्किसकेका छन् भने निर्माण, निर्देशनमा पनि सक्रिय छन् ।




प्रतिक्रिया