फागुन ५ देखि चारदेशीय महिला फुटबल हुँदै

फागुन ५ देखि चारदेशीय महिला फुटबल हुँदै


काठमाण्डु-चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता फागुन ५ गतेदेखि सुरु हुँदैछ ।

दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेवनानले भाग लिदैँछन् । खेलमा लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुने छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रकाशन गरेको तालिका अनुसार नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ ।

नेपालले यही मैदानमा किर्गिस्तान, लेवनान र म्यानमार सहभागी इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्दै पुनरागमन गर्न लागेको हो । प्रतियोगिताका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

तर कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बा तथा स्ट्राइकरद्वय सावित्री भण्डारी ‘सम्बा’ र रेखा पौडेल भने अनुपस्थित छन् । अञ्जिला व्यावसायिक फुटबल खेल्न ग्रीस पुगेकी छन् ।