काठमाण्डु- सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आइतबार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रको बैठक बोलाएका हुन् ।
बैठकमा सरकारले हालै जारी गरेको अध्यादेशलाई संसद् बैठकबाट प्रतिस्थापन गर्ने लगायत समसामयिक विषयमा छलफल हुनेछ ।
सत्तारुढ दलहरूले सरकारलाई सफल बनाउने उद्देश्यले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित आठ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेका छन् ।




प्रतिक्रिया