प्रहरीमा ४० दिन सेवाअवधि बाँकी रहँदै एआईजी केसीद्वारा राजीनामा

प्रहरीमा ४० दिन सेवाअवधि बाँकी रहँदै एआईजी केसीद्वारा राजीनामा


काठमाण्डु – नेपाल प्रहरीमा ४० दिन सेवाअवधि बाँकी रहँदै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् ।

आगामी चैत ५ गतेसम्म पदमा बहाल रहनसक्ने अवस्था हुँदाहुँदै केसीले राजीनामा दिएका हुन् । एआईजी केसीले राजीनामापत्र बुझाएको भए पनि चर्चामा आएको छैन ।

उनी गत पुस २३ गतेको मन्त्रिपरिषद् बैठकबाट एआईजीमा बढुवा भएका हुन् । पदोन्नति भएको १ महिनामै उनले राजीनामा दिएका छन् ।

प्रहरीकै डीआईजी जनक भट्टराई एआईजीमा बढुवा गर्ने बाटो खोल्न उनले राजीनामा पेश गरेका स्रोतले जनाएको छ । उनको राजीनामा स्वीकृत भएपछि अर्का व्यक्तिलाई एआईजीमा बढुवा प्रक्रिया अगाडि बढ्नेछ ।