सर्वोच्चद्वारा पाथीभरा केबलकार निर्माणविरुद्धको रिट दर्ता गर्न अस्वीकार

सर्वोच्चद्वारा पाथीभरा केबलकार निर्माणविरुद्धको रिट दर्ता गर्न अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्विकार हुने आदेश गरेका हुन् ।

पोखरेलले उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको कारण देखाउँदै निवेदन दर्ता गर्न अस्वीकार गरेका हुन् । सर्वोच्च अदालत नियमावलीको नियम १८(२)मा ‘उही विषयमा कसैले अघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषयमा रिट निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित अधिकारीले आधार र कारण खुलाई त्यस्तो लिखत दरपीठ गर्न सक्नेछ’ भन्ने व्यवस्थालाई आधार देखाई अधिवक्तातामाङले पेस गरेको निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो ।

किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बुले ३ फागुन, २०७७ मा दर्ता गरेको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन भएको र त्यही विषयमा पुरक निवेदन समेत परेको भनी सर्वोच्च अदालतले नयाँ निवेदन दर्ता गर्न अस्वीकार गरेको हो ।

दरपीठ आदेशमा पोखरेलले ‘प्रस्तुत रिट निवेदनमा माग भएको विषय सोही रिट निवेदनबाट सम्बोधन हुने प्रकृतिको देखिँदा सार्वजनिक सरोकारको विषय अदालतमा प्रवेश भई विचाराधीन रहेको अवस्थामा सोही विषयमा पुन प्रस्तुत रिट निवेदन दर्ता गर्न मिलेन भन्ने वाक्य लेखेका छन् । ’