सरकारलाई सांसद केसीको प्रश्न– विपिन जोशीकाे अवस्था बारे संसदलाई किन जानकारी नगराएको ?

सरकारलाई सांसद केसीको प्रश्न– विपिन जोशीकाे अवस्था बारे संसदलाई किन जानकारी नगराएको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको कव्जामा रहेका विपिन जोशी बारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जोशीको रिहाइका लागि भइरहेको पहल बारे जानकारी गराउन माग गरेका हुन्।

उनले बाहिर जोशी जीवितै रहेको सुनिने गरे पनि सरकारले औपचारिक जानकारी नदिएको बताए।

उनले भने ‘इजरायल र हमासको बीचमा जुन द्वन्द्व भयो त्यसबाट पचासौँ हजार मान्छे मरे । दुईपक्षबीच शान्ति सम्झौता भएपछि कयौं देशका गिरफ्तारीमा परेका नागरिक रिहाइ भए । तर कञ्चनपुरका विपिन जोशीको अत्तोपत्तो छैन,’उनले भने,’यसबारे सरकारले संसदलाई जानकारी गराउनु पर्दैन ? बाहिर बाहिर सुनिन्छ ,उहाँ जिउँदै हुनुहुन्छ। सरकारले जिउँदै हुनुहुन्छ भनेर मात्र जिम्मेवारी पूरा हुन्न। सरकारले उहाँको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ ? कस्तो संघर्ष गरिरहेको छ। यो संसदलाई जानकारी होस्।’