नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

गैरकानूनी थुनामा राखेको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

न्यायाधीश सपना मल्ल प्रधान र विनोद शर्माको संयुक्त इजलासले पाण्डेकी पत्नी मञ्जुले दायर गरेको रिटमा माग बमोजिम आदेश दिन अस्वीकार गर्दै अन्य आदेश गरेको अदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए ।

पतिलाई गैरकानूनी रूपमा थुनामा राखेको भन्दै पाण्डेकी पत्नी मञ्जु पाण्डेले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकोमा माग बमोजिम आदेश नभएको हो ।