काठमाण्डु – पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हामफालेकी महिलाको मंगलबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षिय अनिता हरिजन त्रिवेणी ब्यारेजबाट नारायणी नदीमा हामफालेकी हुन् ।
घटनाबारे जानकारी पाउनासाथ बीओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमाण्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्वार गरेको छ ।
उद्वारपश्चात उनलाई उपचारका लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।




प्रतिक्रिया