फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा

फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले मंगलबार विज्ञप्ति जारी गरेर फागुन १ गते बिहीबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदीप राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘प्रस्तुत विषयमा यस गाउँपालिकाको मिति २०८१/१०/२३ गते बसेको गाउँ कार्यपालिकाको निर्णयअनुसार मिति २०८१ फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा यस थुलुङ दुधकोशी गाउँपालिकाको कार्यालय तथा मातहतका सबै सरकारी कार्यालय, संघसंस्था तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’