आहा रारा गोल्डकप : आज पहिलो सेमिफाइनलमा पुलिस र चर्च ब्वाइज खेल्दै

आहा रारा गोल्डकप : आज पहिलो सेमिफाइनलमा पुलिस र चर्च ब्वाइज खेल्दै


काठमाण्डु-आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दै छन् ।

खेल पोखरा रगंशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । ६ पटकको च्याम्पियन पुलिस क्लब चर्च ब्वाइजलाई हराउँदै फाइनल यात्रा तय गर्न चाहन्छ । यस्तै चर्च ब्वाइज पनि पुलिस क्लबलाई पाखा लगाउँदै उपाधि होड बलियो बनाउन चाहन्छ ।

पुलिस क्लबले क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० ले हराउँदै फाइनलमा स्थान बनाएको होे ।

क्वार्टरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइज बुधबारको खेलमा अर्को विभागीय टोली पुलिसलाई पाखा लगाउने रणनीतिमा छ ।

चर्च ब्वाइजले प्रि–क्वार्टरफाइनलमा एनआरटीलाई सडनडेथमा हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो ।

प्रतियोगिताको २४ औँ संस्करणको सेमिफाइनल समकीरण पूरा हुँदा ४ वटा च्याम्पियन बाहिरिसकेका छन् । पूर्वविजेता थ्रीस्टार र नेपाल पुलिस क्लब मात्र यो संस्करणको उपाधि होडमा छन् ।