ग्यास व्यवसायी र सरकारबिच १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति

ग्यास व्यवसायी र सरकारबिच १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति


काठमाण्डु– ग्यास व्यवसायी र सरकारबिच सहमति भएको छ । व्यवसायीका जायज माग १५ दिनभित्र पूरा गर्ने सहमति भएको हो ।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबिच छलफल भएको थियो ।

सहमतिसँगै व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालयले जनाएको छ ।

ग्यास व्यवसायीहरू विभिन्न १९ बुँदे माग राख्दै बुधबारदेखि चरणबद्ध आन्दोलनमा थिए । फागुन २२ गतेदेखि ग्यास बिक्री बन्द गर्ने उनीहरुले घोषणा गरेका थिए ।