बबरमहल क्षेत्र जलमग्न हुनुमा विद्युत् प्राधिकरणका ठेकेदार दोषी : पीआईडी

बबरमहल क्षेत्र जलमग्न हुनुमा विद्युत् प्राधिकरणका ठेकेदार दोषी : पीआईडी


काठमाण्डु – काठमाण्डु उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले बुधबार बबरमहल क्षेत्र जलमग्न भएको घटनामा नेपाल विद्युत् प्राधिकरणको ठेकेदार दोषी रहेको जानकारी दिएको छ ।

मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणाली हेर्ने निर्देशनालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरणको ठेकेदार कम्पनी केईआईले निर्देशनालयको जीआईएस म्यापलाई बेवास्ता गरी कार्य गर्दा पाइप फुटेर क्षति भएको जनाएको छ ।

बबरमहलमा मूल सडकको वन परिसरतर्फको सडकमुनि बिछ्याइएको मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीको २० इन्चको पाइप फुटेर जलमग्न भएको छ । वन परिसर अगाडिको सडकमा विद्युत् लाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङपश्चात् रिमिङ गर्दा असावधानीवश मेलम्चीको पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी केईआईका सुपरभाइजर अविनाश कुमारले स्वीकार गरिसकेको निर्देशनालयले जनाएको छ ।

पाइपलाइन पीआईडीबाट हस्तान्तरण भई काठमाण्डु उपत्यका खानेपानी लिमिटेडबाट सञ्चालनमा रहेको छ । पाइप फुटेपछि पाइपलाइनमा हाल पानी पठाउन बन्द गरिएको र क्षतिग्रस्त पाइपलाइन तत्काल मर्मत गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरिएको निर्देशनालयले जनाएको छ ।

पीआईडीले काठमाण्डु उपत्यकामा बिच्छ्याइएका मेलम्चीका थोक वितरण प्रणाली र वितरण सञ्जालका पाइपलाइनमा क्षति नपुग्ने गरी विद्युत् लाइन भूमिगत गर्ने, सडक तथा ढल निर्माण मर्मत गर्ने निकायहरूलाई पटक–पटक आग्रह एवं पत्राचार गरिएको जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति –