काठमाण्डु – राजधानी काठमाण्डुको शंखरापुर नगरपालिका–५ कात्तिकेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ स्कूल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
चाबहिलको एसएस एकेडेमीले लिएको बा२ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई कपन बस्ने वर्ष ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई भिमसेनगोला बस्ने १४ वर्षीय शुशांका डोटेल रहेका छन् ।
वनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको बस साँझ ५ बजेतिर दुर्घटना भएको जनाइएको छ ।




प्रतिक्रिया