व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएको छैन : प्रचण्ड

व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएको छैन : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धले व्यवस्था बदले पनि जनताको अवस्था बदल्ने कार्यभार भने अझै पूरा भई नसकेको बताएका छन् ।

३० औँ जनयुद्ध दिवसकोे अवसरमा बिहीबार भिडियो शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीमा जाने अभिभारा बाँकी नै रहेको बताएका हुन् ।

‘संघीयता अझै संस्थागत भइसकेको छैन । समावेशिता साँचो अर्थमा उपेक्षित र उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याउने गरी पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन’, उनले भनेका छन् ।

प्रचण्डले अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न मनमा लाग्न सक्ने भन्दै यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौँ भन्ने कुरा बुझ्न जरुरी रहेको बताएका छन्।

जनताको यही प्रतिरोधका कारण आज राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको प्रचण्डले बताएका छन्।

प्रचण्डले इतिहासले सुम्पेको यो कार्यभार पूरा गर्न सुशासन र सामाजिक न्यायसहितको समृद्धिका लागि एकजुट हुन अपिल पनि गरेका छन् । उनले २०५२ फागुन १ गतेलाई नेपाली जनताले सदियौँदेखिको उत्पीडन र शोषणका विरुद्ध विद्रोह सुरु गरेको दिन भनेर स्मरण गरेका छन् ।