नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित, फराकिलो अन्तरले हारे नेत्र

नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित, फराकिलो अन्तरले हारे नेत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । माघ २९ गते भएको निर्वाचनको मतगणनाबाट भट्टराई अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

पार्टीको पहिलो महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो ।

प्रवासबाहेकको मतगणना सकिँदा भट्टराई र अध्यक्ष पदका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईँबीच ६११ मतान्तर छ । ८२२ मत खसेकोमा चापागाईँले ७१ मत पाए । अन्तिम मतपरिणाम बिहीबार साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ ।

उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएका थिए। समावेशी अन्तर्गत भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन् ।