काठमाण्डु – प्रहरी कुटपिट प्रकरणमा अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परेका छन् ।
काठमाण्डुको ठमेलमा भएको कुटपिट घटनामा जोशीलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी अपिल बोहराले जानकारी दिए ।
गत माघ २४ गते ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले निर्घात कुटपिट गरेको आरोप छ । मध्यराति खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती कुटिएका थिए ।
आक्रमणमा संलग्न रहेको आरोपमा डडेल्धुराको गन्यापधुरा–५ का २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङका २५ वर्षीय दिनेश सिग्देल पक्राउ परिसकेका छन् ।




प्रतिक्रिया