कुलेखानी–हुमाने सडक अनिश्चितकालका लागि बन्द

कुलेखानी–हुमाने सडक अनिश्चितकालका लागि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- हेटौँडाबाट कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौँ निस्कने सडक शुक्रबारदेखि बन्द भएको छ ।

सडकको स्तरोन्नतिको लागि अर्को सूचना जारी नभएसम्म यो सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यो सडक हुँदै यात्रा गर्नेलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरे ।

कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ र बीपी राजमार्गलाई यो सडकको विकल्पमा प्रयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ ।