काठमाण्डु– भारतको मणिपुरको एक सीआरपीएफ जवानले गोली हानी आफ्ना २ सहकर्मीको हत्या गरि आफूले आत्महत्या गरेका छन् ।
बिहीबार राति ८ बजेतिर इम्फाल पश्चिम जिल्लाको लामसाङमा रहेको सीआरपीएफ क्याम्पभित्र ती जवानले गोली चलाउँदा २ जनाको घटनास्थलमै मृत्यु भएको मणिपुर प्रहरीले जनाएको छ।
पछि, उनले पनि आफैले बोकेको बन्दुकले गोली हानेर आत्महत्या गरे। कर्मचारीहरू एफ–१२० कोय सीआरपीएफका थिए। ‘प्रहरी र सीआरपीएफका वरिष्ठ अधिकारीहरू घटनास्थल पुगेका छन्,’ मणिपुर प्रहरीले ‘एक्स’ मार्फत जानकारी दिएको छ।
घटनामा अन्य ८ जना घाइते भएका छन् ।




प्रतिक्रिया