पार्टीको विरासत नभुली महाधिवेशनको तयारीमा लाग्न देउवाको निर्देशन

पार्टीको विरासत नभुली महाधिवेशनको तयारीमा लाग्न देउवाको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।

शुक्रबार बिहान देउवा निवास बुढानीलकण्ठमा कांग्रेसको १५औं महाधिवेशन लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो ।

देउवाले गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, विजय गच्छदार, कृष्ण सिटौला, बालकृष्ण खाण, उमाकान्त चौधरी, एनपी साउद र प्रकाशशरण महतलाई बोलाएर छलफल गरेका हुन्।

देउवाले आगामी महाधिवेशनको तयारी गर्न निर्देशन दिँदै टिम एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिएको प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘१४ औं महाधिवेशनमा सभापतिसँगै भएका नेताहरूबीच पार्टीलाई कसरी अगाडि बढाउने भन्ने छलफल भयो उनले भने ।

देउवाले कार्यकर्ताबीच एकता कायम राख्न नेताहरुलाई एक हुन निर्देशन दिएका थिए। पार्टीको राजनीतिक मूल्यमान्यता र विरासत नर्बिसिएर इमान्दारिताका साथ जिम्मेवारी पूरा गर्न समेत निर्देशन दिएको महतले बताए ।

महाधिवेशन ०८२ मंसिरभित्र भइसक्नुपर्ने भएतापनि पार्टीको विधानअनुसार थप एक वर्ष लम्ब्याउन सक्ने प्रावधान छ ।