काठमाण्डु– काठमाडौँको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ।
मृत्यु हुनेमा उदयपुरको उदयपुरगढी गाउँपालिका ७ घर भई कमलपोखरी बस्ने २२ वर्षका प्रदीप तामाङ रहेका छन् ।
कीर्तिपुर अस्पतालमा उपचाररार्थ रहेका तामाङको शुक्रबार दिउँसो साढे २ बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
यसअघि सोही विस्फोटमा परी अरु दुई जनाको मृत्यु भएको थियो। माघ २४ गते बिहान साढे ८ बजे विस्फोट भएको थियो।




प्रतिक्रिया