काठमाण्डु- कोशी प्रदेश सरकारले शनिबार सातौँ स्थापना दिवस मनाएको छ ।
विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको स्थापना हुनु नै संघीयता कार्यान्वयनको महत्वपूर्ण अंगको रूपमा रहेको बताए ।
प्रदेश सरकारले सात वर्षमा विगतका नीति तथा कार्यक्रमलाई समीक्षा र आगामी दिनमा सुधार गर्दै लग्ने सरकारको योजनाको उनले प्रशंसा गरे ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको कामको स्वस्थ आलोचना गर्दै भएको कामको प्रचार पनि पर्नु पर्ने बताए । भौतिक पूर्वाधारमा काम गर्दै आएको सरकारले अब मानवीय सूचकांकमा अघि बढ्ने उनले बताए ।
२०७४ फागुन ३ गते कोशी प्रदेश सरकार स्थापना भएको हो । सात वर्षको अवधिमा नयाँ संरचना स्थापित गरी सञ्चालन गर्ने विषय निकै चुनौतीपूर्ण भएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
प्रदेश सभामुख अम्बरबहादुर विष्टले कोशीमा दुई वर्षमा ६ पटक मुख्यमन्त्री फेरबदल भएकोमा असुन्तुष्टि जनाए ।




प्रतिक्रिया