काठमाण्डु – देशका अधिकांश भागमा बदली भएर शनिबार केही क्षेत्रमा वर्षा र हिमपात भएको छ ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा कास्कीको छोमरोङमा ७ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।
मनाङको ताल क्षेत्रमा ५ दशमलव ८ मिलिमिटर, सोलुखुम्बुको लुक्ला विमानस्थलको मापन केन्द्रमा ३ दशमलव ३ मिलिमिटर वर्षा भएको छ ।
गत २४ घण्टामा गण्डकी र कोशी प्रदेशका केही स्थानमा वर्षा भएको छ । सुदूरपश्चिमको डडेल्धुरा र कैलालीको बलिया केन्द्रमा वर्षा रेकर्ड गरिएको छ ।
देशका अधिकांश हिमाली क्षेत्रमा हिमपात भएको विभागले जनाएको छ । शनिबार राति पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ ।




प्रतिक्रिया