‘प्रधानमन्त्रीले फेरि संसद् विघटन गरेर मध्यावधिमा धकेल्ने दुस्साहस गर्नुहुनेछ, सचेत रहनुस्’

‘प्रधानमन्त्रीले फेरि संसद् विघटन गरेर मध्यावधिमा धकेल्ने दुस्साहस गर्नुहुनेछ, सचेत रहनुस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर मुलुकलाई मध्यावधि निर्वाचनमा धकेल्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

पार्टीको भोजपुरको अरुण गाउँपालिकाको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै पुनले प्रधानमन्त्री ओलीबाट लोकतान्त्रिक प्रणाली र लोकतन्त्रमाथि जहिले पनि खतरा रहेको ठोकुवा गरे ।

आफूले त्यतिबेला गरेको संसद् विघटन सही थियो भनेर पुष्टि गर्ने प्रयास ओलीबाट हुने उनले दाबी गरे । त्यसैको पूर्वअभ्यासका रूपमा ओलीले अध्यादेशबाट शासन चलाउने प्रयास गरिरहेको उनले टिप्पणी गरे ।

‘ओलीजीलाई लोकतान्त्रिक प्रणाली र संसद्जस्ता लोकतान्त्रिक संस्थाहरू मन पर्दैन, विगतमा गरेको संसद् विघटनलाई हामीले सडकबाट असफल पारेका थियौं । उहाँको मनमा अहिले पनि आफ्नो पुरानो कदम सही पुष्टि गर्नुपर्छ भन्ने सोच छ । यसमा सचेत रहन म कांग्रेस नेताहरूलाई आग्रह गर्न चाहन्छु । उहाँले फेरि संसद् विघटन गरेर मुलुकलाई मध्यावधिमा धकेल्ने दुस्साहस गर्नुहुनेछ, यसमा सचेत रहनुस्,’ उनले भने ।