काठमाण्डु- एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ ।
संगठनको १२औं महाधिवेशनले अध्यक्ष्नमा सर्वसम्मतिबाट भवानी दाहाललाई चयन गरेको हो । यसैगरी वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभासप्रसाद साह चयन भएका छन् ।
उपाध्यक्षमा युवाचन्द्र घिमिरे, विष्णु अर्याल, कृष्णबहादुर केसी, विजया लक्ष्मी सुवेदी तथा महासचिवमा रामचन्द्र अधिकारी निर्वाचित भएका छन्। यसैगरी उपमहासचिवमा वामदेव ओली, सूर्यबहादुर कुँवर तथा कमला दाहाल निर्वाचित भएका छन् ।
सचिवमा देवी पराजुली, राजबहादुर पछाईं, टीपी भण्डारी, ओम कडायत, गोविन्द अधिकारी निर्वाचित भएका छन् ।
कार्यालय सचिवमा पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश इन्चार्जमा कोसीमा धुव्रबहादुर कार्की, मधेसमा नौतम पोख्रेल, बागमतीमा विष्णु अर्याल, गण्डकीमा भरत भुसाल, लुम्बिनीमा कविसिंह कठायत, कर्णालीमा तुलाराम गिरी, सुदूरपश्चिममा प्रकाशबहादुर खड्का तथा उपत्यका विशेष प्रदेशमा गणेशप्रसाद आचार्य निर्वाचित भएका छन् ।
आयोगहरूमा लेखापरीक्षण आयोगको संयोजकमा गोकर्ण कोइराला, सचिवमा राजेन्द्र कार्की, अनुशासन आयोग संयोजकमा अम्बिका धमला, सचिवमा शंकर भट्टराई, नीति अनुसन्धान आयोग संयोजकमा कमलबहादुर खत्री, सचिवमा काशीराम आचार्य तथा विज्ञान प्रविधि आयोगको संयोजकमा विष्णुकुमारी अधिकारी तथा सचिवमा कवि तिम्सिना निर्वाचित भएका छन् ।




प्रतिक्रिया