झापा ब्यारेकमा सई खतिवडा मृत फेला

झापा ब्यारेकमा सई खतिवडा मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रहरी नायब निरीक्षक (सई) धनराज खतिवडा मृत फेला परेका छन् । ४९ बर्षीय खतिवडा भद्रपुर–८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेकमा मृत फेला परेका हुन् ।

तीन तले ब्यारेकको माथिल्लो तलामा रहेको पानी ट्यांकी जाने फलामको भर्‍याङमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नाइलनको डोरीको पासो लगाई झुण्डिएर मृत अवस्थामा पेला परेका खतिवडाको आफन्तहरुलाई जानकारी गराई कानुनी प्रकृयाको लागि तयारी भइरहेको जनाइएको छ ।

भोजपुर टेम्केमैयुङ घर भका खतिवडा मोरङ कानेपोखरी गाउँपालिका–७ बस्दै आएका थिए । उक्त सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।