जेसीबीले फालेको ढुंगाले लागेर विद्यालय हिंडेकी बालिकाको मुत्यु

जेसीबीले फालेको ढुंगाले लागेर विद्यालय हिंडेकी बालिकाको मुत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गुल्मीमा ढुंगाले लागेर विद्यालय जान हिंडेकी बालिकाको मुत्यु भएको छ । इश्मा गाउँपालिका वडानम्बर–२ छल्दीटारकी ८ वर्षीया बिष्णु कुमालको सडक माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो ।

बाटो विस्तारका लागि जेसीबीले डाँडा खनिरहेको समयमा एक्कासि ढुंगा सडकमा खसेको थियो ।

सडक माथिबाट खसेको ढुंगाले लाग्दा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल लगिए पश्चात चिकित्सकले मृत घोषणा गरेका थिए ।

जेसीबी चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।