काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टीका अध्यक्ष प्रभु साहको प्रश्न प्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसद प्रभु साहमाथि आक्रोश पोखेका हुन् ।
सांसद साहले ७० लाख युवाले विदेशमा कमाएको रकम हुन्डीकारोबारीमा मिलान गराएको विषयमा मौन बसेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए।
साहले प्रश्न गरेपछि झोँक्किएका प्रधानमन्त्री ओलीले जवाफै दिएनन् ।
‘अहिलेको २१औ शताब्दीमा नेपाली मजदूरलाई दासताको नारकीय जीवनमा धकेल्दा तपाईंहरूले के कति लाभ पाउनुभएको हो ?’ प्रभु साहले प्रश्न गरेका थिए।
जबाफको सुरूमै प्रधानमन्त्री ओलीले साहको प्रश्नमा विरोध, घृणा आक्रोश आदी रहेको बताए।
उनले भने ‘अपमानजक पनि छन्। संसद जस्तो गरिमामय ठाउँमा यस्ता भाषा प्रयोग गरेर के लाभ भयो ? विदेश युवा पठाएर जस्ता भाषा छन्। म म्यानपावर कम्पनीको मान्छे हो ?,’ ‘अहिले म सरकारमा आएपछि ८ महिनाबाट सुरू भएको हो ? तपाईंले भनेको ७० लाख ८ महिनामा गएका हुन्न।’
उनले सांसद साहको प्रश्नमा जबाफ दिइरहन आवश्यक नरहेको बताए।




प्रतिक्रिया