अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार  च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेको हो।

दशरथ रगंशालामा भएको कार्यक्रममा एन्फा उपाध्यक्ष दावा लामा, दिपक खतिवडा र महासचिव किरण राईले ट्रफी सार्वजनिक गरेका थिए।

आज उद्घाटन खेलमा नेपालले किर्गिस्तान भिड्दैछन् । खेल दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे हुनेछ।

प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहेको छ ।

प्रतियोगिताका खेलहरू राउन्ड रोबिनका आधारमा खेलिने छभने शीर्ष स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । प्रतियोगितामा नेपालले आजसँगै यही फागुन ८ गते लेबनानसँग खेल्ने छभने ११ गते म्यान्मासँग खेल्नेछ ।

नेपाली टोलीको ‘गोलकिपर’मा कप्तान एञ्जिला तुम्बापो सुब्बासँगै अञ्जना राना मगर र उषा नाथ छन् । त्यसैगरी, ‘डिफेन्डर’मा निशा थोकर, समीक्षा घिमिरे, अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, बिमला चौधरी र मनमाया दमाईं छन् । त्यसैगरी, ‘मिडफिल्डर’मा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन् ।

फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।