एजेन्सी– पाकिस्तानमा बसमा सवार ७ यात्रुको गोली हानी हत्या गरिएको छ ।
पाकिस्तानको बलुचिस्तानको बरखान जिल्लामा अज्ञात आक्रमणकारीहरूले बसमा सवार ७ जनालाई गोली हानी हत्या गरेका हुन् ।
मंगलबार राति ती आक्रमणकारीले क्वेटाबाट लाहोर जाँदै गरेको बस रोकेर ७ यात्रुलाई ओराली गोली हानेको बीबीसीले जनाएको छ ।
बरखानका डेपुटी कमिस्नर वकार खुर्सिदले प्रारम्भिक अनुसन्धानबाट मृतकहरू पाकिस्तानको पञ्जाबका भएको पत्ता लागेको बताएका छन्।




प्रतिक्रिया