काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशलाई संकटमुक्त राख्न सबै नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न आह्वान गरेको छ ।
बुधबार पार्टीका महामन्त्री तथा राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणाले वक्तव्य जारी गर्दै देशमा विद्यमान विकराल अवस्था अन्त्य गर्न आन्दोलनका लागि आह्वान गरे ।
उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीहरूलाई साथ दिन आह्वान भएको बताउँदै शाहको अभिव्यक्तिलाई स्वागत गरे ।
वक्तव्यमा उल्लेख छ, ‘यहीँ परिप्रेक्ष्यमा देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपालीलाई जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोधका साथ आह्वान गर्छु ।’
यस्तो छ वक्तव्य –





प्रतिक्रिया