हमासले आज गाजामा मृत्यु भएका ४ बन्धकको शव फिर्ता गर्ने

हमासले आज गाजामा मृत्यु भएका ४ बन्धकको शव फिर्ता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–हमासले आज गाजामा मृत्यु भएका बन्धकहरुको शव इजरायललाई फिर्ता गर्ने भएको छ। इजरायली अखबार टाइम्स अफ इजरायलका अनुसार बिहीबार साँझसम्म हमासले ४ बन्धकको शव फिर्ता गर्न लागेको हो।

ती बन्धकहरूको नाम बुधबार नै हमासले इजरायललाई पठाएको थियो।

३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल र झन्डै २ वर्षका छोरा केफिर सहित ८४ वर्षका ओडेड लिफसिथको शव हमासले छाड्नेछ।

केफिर हमासले बन्धक बनाएर गजा पुर्‍याउँदा ९ महिनाका मात्रै थिए। उनी सबैभन्दा कम उमेरका  केफिरको शव हमासले बन्धकमुक्त गर्ने भनेपछि गुलाबी रङको खेलौना हात्ती समातेर दाँत नभएको मुस्कानका साथ सिधै क्यामेरामा हेरिरहेको उनको तस्बिर विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ।